Websoft University

सुत्केरीलाई पोैष्टिक आहार बितरण


सुनसरी इटहरी असोज  २६ गते । रातो तारा डट कम, इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले पौष्टिक खाना र कपडा सहित घरमै पुगेर भेटघाट गर्नुभएको छ । इटहरी उपमहानगरको सुत्केरी भेट कार्यक्रम अन्र्तगत वडा नम्वर ४,८,७,८,१० र १४ नम्वर वडाका सुत्केरी महिलासँग स्वास्थ्यकर्मी सहित भेटघाट गरिएको हो । वडा नम्वर ४ र १४ का केहि सुत्केरी महिलालाई भने वडा कार्यालयमा भेट गरिएको छ । वडा नम्वर १४ को भेटघाट कार्यक्रममा वडाध्यक्ष रमेश चौधरी पनि सहभागि हुनुहुन्थ्यो । वडा नम्वर ४ को कार्यक्रममा महिला सदस्यहरु हुनुहुन्थ्यो । इटहरी अस्पतालकी स्टाफनर्स रीता मण्डलले आमा र वच्चाको स्वास्थ्य अवस्था वुझनुका साथै परामर्श दिनुभएको छ । चामल दाल तेल नुन अण्डा, नानी र आफूलाई कपडा सहित उपमेयर घरमै आइपुग्दा आफूलाई खुशी लागेको वडा नम्वर ४ की सुत्केरी महिला मन्जु जोगीले प्रतिक्रिया दिनुभयो । सुत्केरी भएका महिलाको घरको अवस्था के कस्तो हुन्छ यस्तो कार्यले धेरै सहयोग पुग्ने उहाँको भनाई छ । उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरुको संख्या समेत वढेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.