Websoft University

आज माता भगवती ब्रह्मचारिणीको पुजाआजा गरी बडादसैको दोस्रो दिन मनाइदै,

 


काठमाण्डौ असोज २२ गते । रातो तारा डट कम, बडादसैँ अन्तर्गत आज नवरात्रको दोस्रो दिन शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको विशेष पुजाआजा गरिँदै छ । ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पुजाअर्चना गर्ने प्रचलन रहिआएको छ । शक्तिपीठहरूमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दसैँ पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । आज पनि राजधानी काठमाडौँका तलेजु भवानी, गुह्वेरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरूको विहानैदेखि भीड लागेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.