Websoft University

प्रदेश १ मा १९७ जनामा कोरोना संक्रमण

विराटनगर, २० असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९७ जनामा कोरोना संक्रमण भएको हो । ८११ जनाको पीसीआर परीक्षण गर्दा १४५ र २२० जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५०, झापामा ४५, सुनसरीमा ४३, धनकुटामा ३, पाँचथरमा २, इलाम र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३३, सुन्दरहरैचामा ८, बुढीगंगा र रतुवामाईमा २–२, पथरीशनिश्चरेमा १, कानेपोखरी, कटहरी, केराबारी र लेटाङमा १–१, झापाको भद्रपुरमा ११, कनकाई र विर्तामोडमा ७–७, दमक, मेचीनगर र अर्जुनधारामा ४–४, कमल गाउँपालिकामा ३, शिवसताक्षीमा २, गौरादह, हल्दिबारी र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा २६, धरानमा ९, इनरुवामा ४, रामधुनीमा २, दुहवी र हरिनगरमा १–१, धनकुटाको धनकुटामा २ र पाख्रिबासमा १, पाँचथरको हिलिहाङमा २, इलामको इलाम नगरपालिका र उदयपुरको बेलकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७६ महिला र ७७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.