Websoft University

बालिनाली नोक्सान गर्ने हात्तीको मृत्यु

 


श्याम राई- गाईघाट, २० असोज। रातो तारा डट कम, ,मुकुना ’ नामक जंगली हात्तिको करेन्ट लागेर मृत्यु भएपछि कोशी टप्पु बन्यजन्तु आरक्ष केन्द्र आसपासका वासिन्दाले हाईसन्चो मानेकाछन् ।

बस्ती भित्र छिरेर वर्षेनी ठूलो जनधनको क्षति गर्दै आएको मुकुना समूहले गत वर्षको पौष देखि आरक्षको मध्यवर्ती क्षेत्रमा मात्रै २० जनाको ज्यान लिएको थियो । ज्यान जानेमा ७ जना त उदयपुर कै थिए । ६ वटाको संख्यामा रहेको हात्तिको समूहले कोशी टाप्पु बन्यजन्तु आरक्ष केन्द्र हुदै जिल्ला सदरमुकाम गाईघाटमा समेत आएर जनधनको क्षती पुयाउने गरेको थियो ।

‘ मुकुना ’ ले रामपुर, तपेश्वरी र भागलपुरमा ठूलो क्षती पुयाउन थालेपछि बेलका नगरपालिकाले २ वर्ष अघि आरक्ष पश्चिम उदयपुर तर्फ विद्युतिय नारबार समेत लगाएको थियो । ‘ हामीले हात्तिको आक्रमणबाट स्थानीय वासिन्दालाई सुरक्षित राख्न लाखौ खर्च गरेर विद्युतिय तारवार लगाएका थियौ ।’ बेलका नगरपालिकाका खरिदार गोपाल निरौलाले बताए । तर पनि हात्ति बस्ती पस्न रोकिएन । दिनमा भन्दा रातीको समयमा हात्तिले बढी क्षती गर्ने हुदा नगरपालिकाले गाउँ बस्तिमा हात्तिबाट सुरक्षित रहन रातीको समयमा घर वाहिर ननिस्कन भन्दै माईकिङ्ग गराउनु परेको समेत उनले बताए ।

 उनले करेन्ट लागेर हात्ति मरेको घटना दुःख दायि भए पनि वर्षेनी हात्ति आतंकबाट पिडित बनेका आरक्ष क्षेत्र आसपासका बासिन्दाहरुले भने  राहत महसुस गरेको बताए । हात्तिले बढी आतंक मच्चाउने गरेको आरक्षण केन्द्र पश्चिमको तपेश्वरी गाउँका पूर्व गाविस अध्यक्ष डिल्लि विमलीले अब भने गाउँलेहरुले सुरक्षित महसुस गरेको बताए ।

‘ वर्षैदेखि यस भेगमा जंगली हात्तिले निकै कष्ट दिदै आएको थियो । यस भेगमा हात्तिको आक्रमणबाट एक दर्जन बढी मानिसको मृत्यु हुनुको साथै हात्तिले घर, टहरा भत्काएर ठूलो क्षति पुयाएको थियो । ’ उनले भने । ‘अब त्यो घटना नदोहोरीयोस भन्ने हामीले चाहेका छौ ।’ उनले भने । हात्ति मर्नुमा दुःखदायि भए पनि विगतमा हामीले पाएको दुःख सम्झिदा केही भने राहत महसुस गरेका छौ ।’ विमलीले भने ।

कोशी टप्पु बन्यजन्तु आरक्षमा बस्दै आएको ‘ मुकुना ’ आईतबार विहान बस्ती नजिकैको खेतवारीमा मृत अवस्थामा भेटिएको थियो । स्थानीय किषानले बन्यजन्तुबाट धानवाली जोगाउन राखेको विद्युतीय धरापमा परि हात्ति मरेको आशंका गरिएको भएपनि त्यसको पुष्टि हुन सकेको छैन ।‘ हामीले हात्ति मरेको घटना बारे छानविन शुरु गरेका छौ ।’ आरक्षणका प्रमुख संरक्षण अधिकृत अशोक कुमार रामले भने । अहिले सम्म कुनै तथ्य फेला परेको छैन । विद्युतीय धरापमा परेको पनि केही खुलेको छैन । उनले भने ।

आरक्षको हात्तिसारबाट ८ सय मिटरको दुरीमा उदयपुरतर्फ ‘मुकुना’मृत अवस्थामा भेटिएको उनले बताए ।

निकै उपद्रो मच्चाउदै आएपछि आरक्षले गत पौष देखि मुकुनाको सेनालाई गस्ती गराएर कडा निगरानी गर्दै आएको थियो ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.