Websoft University

लाखौ भारतिया नोट सहित एक जना पक्राउ


ईलाम, २०७८ असोज १८ गते । ईलाम सुर्योदय नगरपालिका ६ हर्कटे चौक स्थितबाट प्रहरीले लाखौ भारतिया नोट सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका १० फिक्कल का ३५ बर्षीय अनुप अग्रवाल रहेका छन् । हिजो बेलुका ४ बजे प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवालले सवार गरेको मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरि जम्मा भारतिय रुपिया ११ लाख फेला परे पश्चात पक्राउ गरि ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ । पक्राउ परेका उनलाई कानुनि कारबाहीको लागी आन्तरिक राजस्व कार्यालय ईटहरीमा पठाउने पहल भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.