Websoft University

व्यापारीले म्याद गुज्रेका समान उपभोक्ता बिक्री गर्दै


सुनसरी १८ असोज । रातो तारा डट कम,  इटहरी उपमहानगरपालिकाले खनार वजारमा गरेको वजार अनुगमनका क्रममा म्याद गुज्रेका समान वेच्न राखेको पाइएको छ । अनुगमन टोलीले म्याद गुज्रिएका समान नष्ट गरेको छ । खनार वजारका १४वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो  ।

उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खादय प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि,उपभोक्ताअधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहित अनुगमन गरिएको हो । अनुगमनका क्रममा पाँच वटा पसलमा म्याद गुज्रिएका समान वेच्न राखेको पाइएको हो । एउटा पसलमा त तीन वर्षअघि म्याद गुज्रिसकेको समान समेत राखेको पाइएको छ ।

चाउमिन मसला,मन्थन गोल्ड सुजी,मुसुरो दाल,ज्वाँनो,पवित्रा मकै चामल,पूर्णिमा गरम मसला,सेन्चुरी मसला,मिट मसला,गोल्ड सेवाई,वजाज अल्मोण्ड तेल,अमृत कफि चकलेट र विकेएस मसला म्याद गुज्रिएको पाइएको हो । पाँच वटा पसलमा मूल्य सूची नराखेको पाइयो । चार वटा पसल ब्यवसाय प्रमाण पत्र विनानै संचालन भएको भेटियो । दुईवटा  पसलको नविकरण नभएको पाइएको छ । अनुगमनका क्रममा ब्यवसाय प्रमाण पत्र लिन,पसल नविकरण गर्न र लेवल गरेर मात्र समान वेच्न निर्देशन दिइएको छ । पहिलो पटक भएकाले म्याद गुज्रिएका समान नष्ट गरी त्यस्ता समान नवेच्न र छुटटै ठाँउ वनाएर राख्न निर्देशन दिइएको उपमहानगरको उपभोक्ता हीत संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले जानकारी दिनुभयो । अर्को पटक अनुगमनका क्रममा पनि म्याद गुज्रिएका समान वेच्न राखेको पाइए कानुन वमोजिम कारवाही हुने उहाँले वताउनुभयो । गत साल वजार अनुगमन गरिएका पसलहरुमा भने सुधार आएको पाइएको छ । इटहरी उपमहानगरपालिकाले निरन्तर वजार अनुगमन गर्ने उहाँले जानकारी दिनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.