Websoft University

इन्द्रध्वज लिंगो ठड्याएर इन्द्रजात्रा मनाउन सुरु

 


काठमाण्डौ असोज ३ गते । रातो तारा डट कम, काठमाडौँ उपत्यकामा आज इन्द्रजात्रा मनाइदैछ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा हिजो बिहान ३६ हात लामो इन्द्रध्वज अर्थात लिंगो ठड्याएर औपचारिक रुपमा इन्द्रजात्रा सुरु भएको हो । जात्राको मुख्य दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा पुग्ने कार्यक्रम तय गरिएको गुठी संस्थान काठमाडौले जनाएको छ । आज कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको गुठी संस्थान काठमाडौँ कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले बताउनुभयो । कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो । भदौ २३ गते वनयात्रा गरी इन्द्रजात्राका कार्यक्रम सुरुवात भएको थियो । 


 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.