Websoft University

शर्माको ‘अदृश्य पर्खाल’ कवितासङ्ग्रहको लोकार्पण

विराटनगर । रातो तारा डट कम, कवि समुन्द्रा शर्माद्वारा लिखित ‘अदृश्य पर्खाल’ कवितासङ्ग्रहको विराटनगरमा लोकार्पण गरिएको छ ।  

पूर्वाञ्चल साहित्य प्रतिष्ठान शनिबार विराटनगरले आयोजना गरेको कार्यक्रममा कवि शर्माले लेखेको ‘अदृश्य पर्खाल’ कवितासंग्रहको लोकार्पण गरिएको हो । कार्यक्रममा अग्रज साहित्यकार प्राध्यापक कविराज न्यौपाने, प्राज्ञ विवश पोखरेल, कवि मनु मञ्जिल, कृष्णभूषण बल स्मृति प्रतिष्ठानकी प्रमुख संरक्षक शोभा लामा बललगायतले कृतिको लोकार्पण गरेका थिए । 

विमोचित कृतिमाथि समीक्षा प्रस्तुत गर्दै साहित्यकार हरि कट्टेलले कवितासङ्ग्रहमा समावेश भएका कवितामा सामान्य विषयलाई पनि गहन रुपमा उठाएको बताए । उनले सरल भाषाशैलीमा लेखिएको कवितासंग्रहले जटिल विषयलाई उठान गरेको चर्चा गरे । त्यस्तै अर्का समीक्षक शुभलक्ष्मी लम्सालले समाजका हरेक विषयलाई सङ्ग्रहमा सङ्ग्रहित कविताले समेटेको उल्लेख गरिन् । सङ्ग्रह पठनीय र सङ्ग्रहनीय रहेको उनको दाबी थियो । 

कवि भरत गुरागाईं, रमेशचन्द्र अधिकारी, पूजा आराधानालगायतले विमोचित कृतिभित्रका कविता वाचन गरेका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्राध्यापक कविराज न्यौपाने, प्राज्ञ विवश पोखरेल, कवि मनु मञ्जिल, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले विमोचित कृतिका विषयमा आ–आफ्ना धारणा राखेका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.