Websoft University

प्रदेश १ मा ३७३ जनामा कोरोना संक्रमण

 


विराटनगर, ५ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३२१ जनाको पीसीआर परीक्षण गर्दा २८१ र ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०५, झापामा ८९, सुनसरीमा ६७, इलाममा ८, धनकुटामा ५, पाँचथर, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । 

मोरङको विराटनगरमा ६४, बेलबारी र सुन्दरहरैचामा ७–७, उर्लाबारीमा ६, ग्रामथान, पथरीशनिश्चरे र बुढीगंगामा ४–४, रतुवामाई, कटहरी र रंगेलीमा २–२, कानेपोखरी र लेटाङमा १–१, झापाको विर्तामोडमा २०, शिवसताक्षीमा १२, भद्रपुर र कनकाईमा ११–११, दमकमा ९, मेचीनगर र अर्जुनधारामा ७–७,  बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, झापा गाउँपालिकामा २, गौरादह, बाहृदशी र हल्दिबारीमा १–१, सुनसरीको इटहरीमा ३५, धरानमा १८, रामधुनीमा ७, गढीमा ४ र बराहक्षेत्रमा ३, इलामको इलाम नगरपालिकामा ३, सुर्योदय र चुलाचुलीमा २–२, सन्दकपुरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाँचथरमा १, उदयपुरको चौदण्डीगढी र संखुवासभाको पाँचखपनमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८३ महिला र १०० जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.