Websoft University

कारागार उदयपुरबाट नौ जना कैदी छुटे

 


श्याम राई÷उदयपुर  गाईघाट, ५ असोज । रातो तारा डट कम,संविधान दिवसको अवसरमा जिल्ला कारागार उदयपुरबाट नौ जना कैदी छुटेकाछन् । कारागारमा राम्रो आचरण भएकोले उनीहरुलाई संविधान दिवसको दिन सजायमा छुट दिने सरकारको निर्णय अनुरुप जेलमुक्त भएकाछन् । एक महिला सहितत ९ जनालाई कैद मुक्त गरिएको उदयपुर कारागार शाखा प्रमुख कुमार खड्काले बताए । बहुविवाह अभियोगका २ पुरुष र १ महिला, चोरी अभियोग १, कर्तव्य ज्यान मुद्दा १ र सवारी दुर्घटनाका ४ गरि ९ जनालाई रिहा गरिएको प्रमुख खड्काले बताए ।

५० कैदी बन्दी अट्ने क्षमता रहेको उदयपुर कारागारमा अहिले ३ जना आश्रीत वालवालिका सहित २ सय ३९ कैदी बन्दी रहेकाछन् ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.