Websoft University

मानव बेचबिखन मुक्त समाज निर्माण गर्न सबैमा आग्रह– प्रधानमन्त्री देउवा

 


काठमाण्डौ भदौ २१ गते । रातो तारा डट कम, प्रधानमन्त्री शेरबहादुर देउवाले मानव बेचबिखन रोकथाममा तीन तहकै सरकारले प्रयास गरिरहेको बताउनुभएको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५ औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार शाखाद्वारा आज आयोजित कार्यक्रममा उहाँले नेपालको संविधानले मानव बेचबिखन गर्न नपाउने व्यवस्था गरेकाले यसको नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले मानव बेचबिखन मुक्त समाज निर्माण गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले सन्देशमा मानव बेचबिखन रोकथामका लागि जनचेतनामूलक र आर्थिक सशक्तीकरण हुने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने जरुरीदेखिएकोबताउनुभएकोछ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.