Websoft University

सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिमा प्राथमिकता दिन समितिको निर्देशन

काठमाण्डौ भदौ २१ गते । रातो तारा डट कम, सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले आयोगलाई चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेअनुसार छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो । 

समितिका सभापति जयपुरी घर्तीले चिकित्सा शिक्षा ऐनले व्यवस्था गरे अनुसार आयोगले सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न निर्देशन दिनुभएको हो । निर्वाचन आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले भने ऐन अनुसार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको जानकारी दिनुभयो । 

ऐनमा छात्रवृत्तिका लागि कक्षा ६ देखि १० कक्षासम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थिलाई हुनुपर्ने व्यवस्था गरेको छ । चिकित्सा शिक्षा आयोगले वार्षिक विभिन्न २९ समूहमा २ हजार १ सय ७२ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । आयोगले कुल सिट संख्या ८ हजार २ सय ५१ जना रहेको छ । आयोगले एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई मेरिटका आधारमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.