Websoft University

अर्यालको अगुवाइमा ३३ लाखको स्वास्थ्य सामग्री प्रदान



विराटनगर । रातो तारा डट कम, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको अगुवाईमा मोरङका ३ स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । 


आइतबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी मोरङको लेटाङ नगरपालिका, धनपालथान गाउँपालिका र रतुवामाई नगरपालिकालाई  स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । अर्यालको अगुवाइमा विभिन्न संस्था र व्यक्तिको सहयोगमा संकलन गरिएको ३३ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सम्बन्धित पालिकाका प्रमुखहरूलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी, पूर्वमन्त्री दिलीप गच्छदार, सांसदहरू चुमनारायण तवदार, विन्दिया कार्कीलगायतले  रतुवामाईका मेयर रविन राई, लेटाङका मेयर शंकर राई र धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा केन्द्रीय सदस्य अर्यालले विभिन्न व्यक्ति तथा संस्थाहरूको सहयोगमा संकलन गरिएका स्वास्थ्य सामग्रीहरू कोरोना महामारी नियन्त्रणका लागि अति नै आबश्यक परेका मोरङका ३ वटा पालिकाहरूलाई प्राथमिकताका आधारमा वितरण गरिएको जानकारी दिए । 

अर्यालले मोरङका ३ वटा पालिकाहरूलाई आवश्यक स्वास्थ्य सामग्रीहरू अक्सिजन कन्सटाइजेशन, माक्स, पिपिई, सेनिटाइजर, सर्जिकल मास्कलगायतका स्वास्थ्य सामग्री  प्रदान गरिएको बताए । उनले २५ पटकभन्दा बढी मोरङका विभिन्न पालिका तथा क्षेत्रमा कोरोना नियन्त्रणका लागि सहयोग स्वरुप आफ्नो पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेकोबतााए । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण विभागले विभिन्न विभागमा मोरङबाट नियुक्त गरेका पदाधिकारीहरूलाई प्रमाणपत्र पनि हस्तान्तरण गरिएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.