Websoft University

पार्टी विभाजन पछि मोरङमा पहिलोपटक एमालेको जिल्ला भेला!

 


मोरङ सुन्दरहरैचा भदौ २० गते । रातो तारा डट कम,नेकपा एमालेका महासचिव इश्वर पोखरेलले अहिलेको नेकपा एमाले पुरानै अवस्थाको एमाले नरहेको बताउनु भएको छ । मोरङको सुन्दरहरैंचामा आज भएको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले १० बुँदे सहमति कार्यदलले पार्टी केन्द्रलाई दिएको निर्णय नभएर सुझाव मात्र रहेकाले पार्टीले त्यसलाई सिर्जनात्मक र रचनात्मक ढंगले कार्यान्वयन गर्दै जाने उल्लेख गर्नुभयो ।


उहाँले २०७७ साल फागुन २३ गतेको अदालतको फैसलापछि पार्टी कानुनी र राजनीतिक रुपले २०७५ जेठ २ को अवस्थामा पुगेपनि त्यहि अवस्थामा जस्ताको तस्तै रुपान्तरण हुन नसक्ने बताउनुभयो । उहाँले अहिलेको एमाले पुरानो एमाले नभइ माओवादी लगायतका विभिन्न दलबाट आएका नेता कार्यकर्ताहरु सहितको एमाले भएकाले सोही अनुसार नेतृत्वले कार्यान्वयन गर्ने भन्दै त्यतिबेला जिम्मेवारी लिएर क्रियाशील अवस्थमा रहेको सबै नेता कार्यकर्ताहरुलाई समेटेर अघि बढ्ने बताउनुभयो ।

जेठ २ भनियो भने माओवादी र अन्य थपिएकाहरु छुट्ने भएकाले जेठ २ कानुनी राजनीतिक हिसावले भएपनि यन्त्रिक ढंगले मात्र बुझ्न नहुने उहाँले बताउनुभयो । “यो एमाले हिजोको एमाले होइन विकसित एमाले हो।” उहाँले भन्नुभयो, “नयाँ अवस्थामा आएको एमाले हो एकताको भावनाका साथ अघि बढेको पार्टी हो ।” उहाँले राष्ट्रिय हित विपरित रहेको अवस्थामा नेकपा एमाले एमसीसी पारित गर्ने पक्षमा नरहेको समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै एमालेम सचिव तथा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पार्टी भीत्रको अन्तरसंघर्षमा आफुले माधवकुमार नेपाललाई साथ दिएको भएपनि पार्टी विभाजनको पक्षमा लाग्न नसकेको उल्लेख गर्नुभयो । उहाँले माधवकुमार नेपालको पक्षमा लागेकाहरु केहि समय पछि यताउता घुमफिर गरेर मूल घरमै फर्किने दावी समेत गर्नुभयो । यस्तै नेता लालबाबु पण्डितले माधवकुमार नेपाल लगायतका नेताहरुले पदका लागि पार्टी विभाजन गरेको दावी गर्नुभयो । उहाँले माधव नेपाल लगायतका नेताहरुलाई भगुवाको संज्ञ दिंदै उनीहरुको पछि लाग्नेहरुले पछुताउनु पर्ने अवस्था आउने समेत बताउनुभयो । एकता नचाहनेहरु पदको पछाडी लोभिएर पुतली बत्तिमा झुम्मिए जस्तै गरी गएको भन्दै उहाँले अब उनीहरुको चर्चा गर्दै समय बिताउन नहुने बताउनुभयो । यसैगरि भेलालाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले एमाले अब मंसिरमा हुने महाधिवेशको तयारीमा लागेकाले सोही अनुशार लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । आगामी निर्वाचनमा जित हात पार्ने गरि एकढीक्का भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले माधव कुमार लगायतका नेताहरुले आफ्नै समुहका नेताहरुको सुझाव विपरित पार्टी फुटाउने काम गरेको समेत बताउनुभयो । अहिले अलमलमा परेर अन्यत्र लागेका नेता कार्यकर्ताहरुलाई धेरै गाली नगर्न भन्दै उहाँले उनीहरु विस्तारै एमालेमै फर्किने बताउनुभयो । भेलामा एमाले नेता गुरु बराल, डा. शिवमाया तुम्बाहाम्फे, जीवन घिमिरे लगायत नेताहरुले समेत सम्बोधन गर्नुभयो भने एमाले नेता घनश्याम खतिवडा, विनोद ढकाल, राजकुमार ओझा लगायतकोे समेत उपस्थिति रहेको थियो । कार्यक्रममा जनसांस्कृति महासंघका कलाकारहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । भेलामा मोरङ जिल्ला भरिका वडा कमिटी र सो भन्दा माथिका नेता कार्यकर्ताहरुको सहभागिता रहेको एमाले सुन्दरहरैंचाका अध्यक्ष मातृका ढकालले जानकारी दिनुभयो । माधव कुमार नेपालले नयाँ पार्टी गठन गरेपछि मोरङमा भएको यो नै एमालेको ठूलो भेला हो । मोरङ एमालेका केही जिल्ला नेतासहित केही कार्यकर्ताहरु मात्र माधवकुमार पक्षमा लागेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.