Websoft University

२०७८ भदौं २० गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय

विराटनगर, २० भदौ । रातो तारा डट कम,१. माननीय मुख्यमन्त्रि भीम आचार्यको अध्यक्षतामा आइतबार प्रदेश सरकार मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले निम्न विषयमा निर्णय गरेको छ । 

२. मनसुनजन्य विपत प्रभावित नीजि आवास पुनः निर्माण पुनस्थापन गर्न बनेको कार्यविधीको मस्यौदा पेस भएको छ । सो मस्यौदा कार्यन्वयन गराउन मुख्यमन्त्रि तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिइएको छ ।  पीडित परिवारालाई संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले २० प्रतिशत राहत उपलब्द गराउने भन्ने संघको निर्णय अनुसार प्रदेश सरकारको तर्फबाट हिमाली जिल्लाका बासिन्दालाई प्रति परिवार ५ लाख, पहाडी क्षेत्रका बासिन्दालाई ४ लाख र तराई क्षेत्रका बासिन्दालाई तीन लाख उपलब्द गराउन कार्यविधीकहा सिफारिस गरिएको छ । 

३. प्रदेश अन्तर्गत रहेका लोकसेवा आयोग, योजना आयोगमा रिक्त अस्थायी दरवन्दी सृर्जना गर्ने तथा प्रादेशिक सञ्चार प्रतिष्ठानको संरचनाको व्यवस्थापन तथा स्थायी दरवन्दी सृर्जना गर्ने निर्णय भएको छ । 

४. मानव अधिकार सम्बिन्ध  काम गर्न प्रदेश सरकारले फोकल परसन तोक्ने निर्णय भएको छ । 

–मुख्यमन्त्रिको सचिवालय, विराटनगर


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.