Websoft University

पुर्वाञ्चल विश्वविद्यालयमा जनगुनासाे आएपछि पदाधिकारीहरुलाई नगरप्रमुख ढकालको सुझाव!

 


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,मोरंगको सुन्दरहरैँचा स्थित गोठगाउँमा संचालित पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीहरुसँग बिहिबार विश्वविद्यालय स्थित भि.सि.को कार्यकक्षमा मेडिकल कलेज संचालनका विषयमा नगरप्रमुख शिव प्रसाद ढकाल बिच छलफल भएको छ।

तत्काल १ सय बेड क्षमताको एम.डि. डाक्टर सहितको अस्पताल संचालनको लागि प्रक्रिया अगाडी बढाउनुपर्ने, सर्पदंश उपचार केन्द्र, सव पोष्टमार्टम र आइसियु सहितको अस्पतालमा परिणत गर्नुपर्ने लगायतका कुरा अस्पताल प्रशासन समक्ष राखिएको छ । हाल अस्पतालले दिने सेवाप्रवाहमा व्यापक जनगुनासो आएको हुँदा त्यसको समाधान गर्न पनि अनुरोध गरिएको छ ।

खासगरी स्वास्थ्य बीमाको बिलिङ् सिस्टममा व्यापक जनगुनासो आएको जनाइएको छ । त्यसै गरी अस्पतालले दिने सेवा गुणस्तरिय बनाउनुपर्ने, सेवाग्राहीको चापलाई मध्यनजर गर्दै ओ.पि.डि सिस्टमलाई थप व्यवस्थित गर्नुपर्ने र विषेशज्ञ सहितको सेवा २४ सै घण्टा सुचारु गर्नुपर्ने लगायतका कुरामा ध्यान दिन ध्यानाकर्षण गराइएको छ ।

छलफलकै क्रममा नगरप्रमुख ढकालले विश्वविद्यायको लागि चाहिने स्थानीय सरकारको क्षमताले भ्याए सम्म सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तरता दिइरहने कुरा जानकारी दिनुभयो । साथै उहाँले कानुनलाई सिरानी लगाएर केही नहुने समेत धाराणा राख्नुभयो । “यो विश्व विद्यालय यति सानो कुरामा पनि किन चुप लागेर बसेको छ , आखिर समस्या के मा रहेको छ ? मेयर ढकालले भन्नुभयो । कानुनी प्रक्रियामा त्यति जटिल समेत छैन विश्व विद्यालय आफैले गर्ने कुरामा किन तगरुपता देखाउदैन मेयर ढकालले प्रश्न गर्नुभयो ।

यता छलफलकै क्रममा अस्पताल निर्देशक विपेश आचार्यले लामो समयदेखि थला परेको अस्पताल आफु गत सालबाट यस अस्पतालमा आइसकेपछि केही सुधार आएको दाबी गर्नुहुन्छ । आफु अस्पताल आउनु अगाडी पूर्वाञ्चल अस्पताल भन्ने प्राय कसैलाई त्यति थाहा नभएको र कोभिड सुरु भए संगै आफु आएपछि केही बिमारीको चहलपहल बढेको बताउनुभयो । आफुले सबै पक्षसंग समन्वय गरेर अगाडी बढेको, थप जनशक्ति नियुक्ति गरेको जानकारी दिनुभयो । उहाँले अगाडी कसरी जाने भन्ने विषमा  उहाँले भन्नु भयो “अब धेरै कानुनहरु छन देशमा मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग छ । अहिले तत्कालल ३ सय बेडको अस्पतालमा जान केके गर्न सकिन्छ भनेर लागिपरेको बताउनुभयो १ सय बेड अस्पताल संचालमा जानका लागि के कसरी जान सकिन्छ भनेर सबै संग छलफल र प्रक्रियाका साथ अगाडी बढ्ने प्रतिक्रिया दिनुभयो ।

उहाँ थप्नु हुन्छ जनस्तरबाट किन डाक्टर दिगो रुपमा राख्न सक्नु हुन्न भनेर दवाब आउने गरेको समेत भन्नुभयो ।

त्यस्तै विश्व विद्यालयका भि.सि डा. यादव राज कोइरालाले अस्पताल दर्ता नै नभएको कारण समस्या भएको कारण अस्पताल संचालनमा समस्या उत्पन्न भएको जनाउनुभयो। कानुनी अड्चन समेत रहेको कारण समेत केही कठिनाइ हुन आएको बताउनुभयो । तर हाल आएर अस्पताल दर्ताको प्रक्रिया अगाडी बढेको र स्वास्थ्य मन्त्रालयसम्म यस विषयमा कुरा अगाडी बढेको जानकारी दिनुभयो । उहाँ अव स्थानीय सरकार लगायत सबैको सहकार्यमा आफू अगाडी बढी तत्काल अस्पताल संचालनको लागि आवश्यक पहल गर्ने समेत प्रष्ट पार्नु भयो ।

छलफलमा विश्वविद्यालयका पदाधिकारी, नगरप्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य,संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

पछिल्लो समय विश्वविद्यालयको केन्द्रिय कार्यलय गोठगाउँमा सरे संगैं २६ वर्ष पछि यस क्षेत्रले भि.सि र रजिष्टार सहितको केन्द्रिय कार्यलय गत आ.व.बाट संचालनमा आएको छ  तर अस्पतालले दिने सेवा प्रति भने नागरिकहरुले गुनासो पोखेका छन् ।

विश्वविद्यालयले २४ सै घण्टा आकस्मिक सेवाका साथै विशेषज्ञ सेवा संचालनमा ल्याउन नसकेको कारण यस क्षेत्रका बिमारीहरु नीजी अस्पतालमा उपचारका लागि जान बाध्य भएको खबर आएको र आर्थिक भार समेत बढी जन स्तरबाट आएपछि गत चैत्रमा राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझी तथा नगरप्रमुख सहितको टोलिले विषेश अनुगमन गरेको थियो  ।

यी आधारभुत कुरा समेत गर्न नसकेको खण्डमा नर्सिङ विषयको प्राप्त सम्बन्धनमा समेतसमस्यानआउलाभन्न सकिन्न । यसमा सुन्दरहरैँचाबासीले मात्र नभई प्रदेश १ भरिको गहना भएको हुँदा सम्पूर्ण स्थानीय सरकार,सरोकारवाला निकाय,नागरिक लगायतले आवश्यक सहयोगको लागि पहल गर्न जरुरी देखिन्छ साथै सम्बिन्धि विश्वविद्यालयका पदाधिकारीहरुले आवश्यक कदम चाल्न आवश्यक देखिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.