Websoft University

युनिभ कलेज र मोर्डन ऐराको तीनदिने माक्स वितरण अभियान सम्पन्न


विराटनगर भदौ ३ गते । कोभिड–१९ को संक्रमण जोगिने प्रमुख उपाय भनेकै स्वास्थ्य मापदण्डको पालना भन्ने पुष्टि भएपछि माक्सको प्रयोगलाई अनिवार्य गर्न आग्रह गर्दै विराटनगरमा तीन दिने माक्स वितरण अभियान सञ्चालन गरिएको छ ।

विराटनगर स्थित युनिभ कलेज र मोर्डनएरा स्कूलको संयुक्त आयोजनामा नेपाल मास्क अभियान सञ्चालन गरिएको हो । भदौ १ गते देखि संचालित अभियान आज सम्पन्न भएको छ । कोरोनाको महामारीको संक्रमणलाई न्यूनिकरण गर्ने सामाजिक दायित्व वहन गर्दै अभियान सञ्चालन गरिएको क्याम्पस प्रमुख ठाकुर भण्डारीले बताए। विराटनगरका  बरगाछी, कञ्चनबारी, ढाट, पुष्पलाल चौक र बुढिगंगा गाउँपालिकाको टंकिसिनवारी चौकमा बसेर कलेज र स्कूलका विद्यार्थीहरुले माक्स, सेनिटाइजरलगायतका स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।

विद्यार्थीहरुको समूहले माक्स प्रयोग नगरि हिड्ने यात्रु र बटुवाहरुलाई माक्स प्रयोग र यसको उपयोगिताको बारेमा जानकारी गराउँदै माक्स वितरण गर्दा प्रभावकारी भएको मोर्डनएराका प्रिन्सिपल इन्द्र राईले बताए । तीन दिनको अभियानमा दश हजार माक्स वितरण गरिएको कलेजले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.