Websoft University

११ र १२ कक्षाका विधार्थीहरुलाई आजबाट कोरोना विरुद्धको खोप लगाउन सुरु गर्ने

 


काठमाण्डौ भदौ ४ गते । रातो तारा डट कम, सरकारले आजदेखि काठमाडौँ उपत्यकामा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुगर्दैछ ।  कक्षा ११ र १२ मा अध्ययनरत साथै विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले सीआईएनलाई जानकारी दिनुभयो  । 

१८ वर्ष पूरा भएका र परीक्षाको प्रवेश पत्र भएका विद्यार्थीले खोप लगाउन पाउने उहाँले बताउनुभयो । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या ४८ लाख १७ हजार ९ सय ८५ पुगेको छ । जसमा ३७ लाख ८ हजार ६ सय ८८ जनाले पूर्ण मात्रा लगाइसकेका छन् । 

गत वर्ष माघ १४ गतेबाट खोप अभियान सुरु भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा मात्रै देशभर ९१ हजार ११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियानलाई थप प्रभावकारी बनाउनका लागि चीन, जापान लगायतका मुलुकबाट केही दिनभित्रमा थप खोप नेपाल आइपुग्ने डा गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार चीनबाट आज १६ मात्रा कोरोनाविरुद्धको खोप आइपुग्दैछ भने जापानबाट पर्सिसम्ममा थप खोप आइपुग्दैछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.