Websoft University

पौडेल समूहले विवादका बीच थपिएको क्रियाशील सदस्यसङ्ख्या स्वीकार नगर्ने–पाटी बैठक आज बस्ने,


काठमाण्डौ साउन २० गते । रातो तारा डट कम, नेपाली काँग्रेसको पदाधिकारीे बैठक आज बस्दै छ । दिउँसो ३ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक महाधिवेशनको विषयमा केन्द्रित रहने प्रवक्ता विश्वप्रकाश शर्माले सीआईएनलाई जानकारी दिनुभयो । आजको बैठकमा क्रियाशील सदस्यता विवादका विषयमा छलफल हुने जनाइएको छ । यसअघि क्रियाशील सदस्यता छानविन समितिले केही जिल्लाको सदस्यता विवाद समाधान गर्ने जिम्मा शिर्ष तहका नेताहरु दिँदै प्रतिवेदन बुझाएको थियो । पार्टीको महाधिवेशन नजिकिए पनि सदस्यता विवाद समाधान हुन सकेको छैन । केही नेताहरुले स्थानीय अधिवेशन भदौ पहिलो साताबाट गर्ने गरी तयारी भईरहेको बताएका छन् । पार्टी नेतृत्वले भोलिसम्म क्रियाशिल सदस्यताको सूचीलाई अन्तिम रुप दिने नेता मीन विश्वकर्माले बताउनुभयो । यसअघि काँग्रेसमा चार लाख भन्दा बढि नयाँ क्रियाशील थपिएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विवादका बीच थपिएको क्रियाशील सदस्यसङ्ख्या स्वीकार गर्न नसकिने बताएको छ ।   


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.