Websoft University

कुलमान हटेदेखि बिनाकारण बिधुत काटेर जनतालाई हैरानी पारेको बेला, बिधुतमा फेरि कुलमान आउने कुरा सुनेर जनता खुसीले गदगद हुन थाले ? नेता पनि भारतीय र बिदेशीको दलाल हुन छाडेर यस्तै लोक पृय हुनुनि किन हुन नसकेका ?

 काठमाडौ ऊन २०  गते । रातो तारा डट कम,सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी गरेको छ । सत्तासाझेदार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग कुलमानलाई ल्याउन प्रस्ताव गरेका थिए । त्यसमा प्रधानमन्त्रीले पनि सहमति जनाएपछि ऊर्जामन्त्री पम्फा भुसालले प्रक्रिया अघि बढाएकी छिन् ।

वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको, लोडसेडिङ बढ्दै गएको र प्राधिकरणको व्यवस्थापकीय क्षमता पनि कमजोर भएको भन्दै ऊर्जामन्त्री भुसालले उनलाई राजीनामा दिन अप्रत्यक्ष रूपमा अनुरोध गरेकी छिन् । त्यसअघि मन्त्री भुसालले घिसिङलाई ल्याउन प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग पनि छलफल गरेकी थिइन् ।

‘त्यस विषयमा शाक्यले सुरुमा सकारात्मक नै जवाफ दिएका थिए, तर पछि राजीनामा नदिने आशय व्यक्त गरे,’ स्रोतले भन्यो । त्यसपछि प्रधानमन्त्री देउवालाई अगाडि राखेर भुसालले मंगलबार शाक्यको राजीनामा माग गरिन् । तर, प्रधानमन्त्रीसँग पनि शाक्यले राजीनामा नदिने आशय व्यक्त गरेपछि ऊर्जामन्त्री भुसालले उनलाई बर्खास्त गर्ने प्रक्रिया सुरु गरेकी छन् । तर, आफूसँग सम्मानजनक व्यवहार नगरिए शाक्य अदालत जाने सम्भावना छ ।

मन्त्रालयले अब कार्यसम्पादन करारमा उल्लेख भएअनुसार शाक्यको कार्यसम्पादन मूल्यांकन गर्नेछ । त्यसका लागि मूल्यांकन समिति निर्माण गर्न मन्त्री भुसालले मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई निर्देशन दिइसकेकी छिन् । समितिको मूल्यांकनका आधारमा मन्त्रालयले कार्यकारी निर्देशक शाक्यसँग स्पष्टीकरण सोध्नेछ । सन्तोषजनक स्पष्टीकरण नआए उनलाई हटाउने मन्त्रालयको योजना छ । ‘सबै प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो नयाँ कार्यकारी निर्देशक नियुक्त हुन्छ, तयारी अलि पछि धकेलिएको छ, तर १०–१२ दिनमा यो सबै प्रक्रिया सम्पन्न हुनेछन्,’ ऊर्जा मन्त्रालयको उच्च स्रोतले भन्यो।

देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् र प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको, पछिल्लो समयमा बिजुलीको चुहावटमा वृद्धि भएको र त्यसलाई न्यून गर्नेतर्फ जुन स्तरमा पहल हुनुपर्ने नभएकोमा शाक्यप्रति मन्त्री भुसाल असन्तुष्ट छिन् । देशभित्र उत्पादित बिजुली खपत गर्नेतर्फ ध्यान नदिई आयातमा मात्रै ध्यान दिइएको भन्दै मन्त्री भुसालले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यसँग किन त्यस्तो भएको हो भन्नेबारेमा जानकारी लिइसकेकी छन् । शाक्यको कार्यमा सुधार नदेखिएपछि हटाउने प्रक्रिया थालनी गरेको छ ।

शाक्यलाई हटाएपछि त्यो पदमा अरू मान्छे खोज्नुभन्दा तत्काल परिणाम दिन सक्ने कुलमान घिसिङलाई नै नियुक्ति दिनुपर्छ भन्नेमा मन्त्री भुसाल रहेको मन्त्रालयको स्रोतले बतायो । २९ भदौ ०७७ मा विद्युत् प्राधिकरणको चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका घिसिङले लोडसेडिङ अन्त्य गरेको जस पाउने गरेका छन् । त्यतिखेर नै कार्यकाल सकिएपछि पुनर्नियुक्त गर्न सरकारलाई दबाब परेको थियो । तर, तत्कालीन केपी ओली सरकारले केही समय प्राधिकरणमा निमित्त कार्यकारीमार्फत काम गरेर अन्तिममा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.