Websoft University

मेहनत गर्ने ले बिदेश जानुपर्दैन


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,बाल्यकाल देखि नै कृषि क्षेत्रमा आवद्ध कृषक नविन दाहाल भन्छन् मेहेनत गरे विदेशिनु पर्दैन!


विभिन्न ठाउँमा रहेर कृषि क्षेत्रमा सक्रिय रहेका नविन दाहाल सानै देखि कृषि पेशामा आवद्ध रहेका छन्।अहिले उनि र उनकी श्रीमती शुशिला दाहाल सुन्दरहरैंचा नगरपालिका वडा नं ४ स्थित बलियामा नविन कृषि फर्ममा व्यस्त छन्।


उनका २ सन्तति मध्ये छोरा (इन्जिनियर) अष्ट्रेलियामा र छोरी (नर्स) नेपालमा छन्। 

विगत १ वर्ष देखि नगरपालिकाबाट दर्ता गरेर ११ कठ्ठामा सञ्चालनमा आएको यस फर्ममा उनले खसी, बोका,कालिज, टर्की पालन गरेका छन्। त्यसैगरी उनको फर्ममा ड्रागन फ्रुट, पेसियन फुड्स , सावर सुप, काजु, किसमिस ,ल्वाङ, लगायत विभिन्न जातका फलफूलको बोट बिरुवा प्रशस्त उपलब्ध रहेको छ। आफ्नो बारीमा उत्पादन भएको सम्पूर्ण फलफूल , माछा मासु, अण्डा १००% अर्गानिक रहेको उनी दाबी गर्छन्।

नविनले बाल्यकाल देखिनै कृषि क्षेत्रमा निकै दुख गरेपनि सामाजिक क्षेत्रमा समेत उनी उतिकै सक्रिय छन। दाहाल कृषिमा दिने अनुदानमा भने राज्यबाट पछी परेको र हुने खाने र पहुँचवालाले मात्रै प्राथमिकता पाउने गरेको बताउँदै सही कृषकलाई अनुदान दिनु पर्ने धारणा ब्यक्त गर्छन। उनी कृषक पेशामा परिश्रम गरे अनुसार आफ्नो आम्दानीबाट सन्तुष्ट रहेको बताउछन्। यसमा उनको श्रीमती शुशिलाको पनि उतिकै साथ् रहेको छ।   

उनको फर्म हेर्न र बिरुवा किन्न बिभिन्न ठाउँबाट समेत आउने गरेको बताउँदै उनले परिश्रमी कृषकहरूको लागि राज्यले ध्यान दिए मात्रै नेपाल देश नामले मात्र नभई वास्तविक कृषि प्रधान देश भन्न सकिने उनले बताएका छन्।त्यसैगरी आफ्नै देशमा कृषि पेशा अंगालेर मेहेनत गरे युवाहरु जन्मभूमि छोडेर विदेशिनु नपर्ने उनी बताउँछन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.