Websoft University

क्रिकेट बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनोट


काठमाण्डौ भदौ ७ गते । रातो तारा डट कम, नेपाल क्रिकेट सङ्घले राष्ट्रिय महिला क्रिकेट टिमको प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा २४ खेलाडी छनोट गरेको छ । विश्वकप छनोटमा सहभागी हुने राष्ट्रिय टिमका लागि क्यानले २४ खेलाडीलाई प्रारम्भिक रुपमा बन्द प्रशिक्षणका लागि छनोट गरेको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार बन्द प्रशिक्षणमा रुबिना क्षेत्री सहित काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई, सरस्वती चौधरी लगायत रहेका छन् । बन्द प्रशिक्षणबाट राष्ट्रिय टिममा आउने खेलाडीले टी–ट्वान्टी विश्वकपको एसिया छनोट खेल्नेछन् । प्रतियोगिता नोभेम्बरमा मलेसियामा सञ्चालन हुने बताईएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.