Websoft University

लायन्स क्लव अफ बाँसबारीको पदस्थापन कर्यक्रममामा दुई जना पत्रकार सम्मानित!

 


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,लायन्स क्लव अफ बाँसबारी सुन्दरहरैंचाले पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ।क्लवले पदस्थापन कार्यक्रमको अवसरमा सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै रातोतारा डटकमका पत्रकार शिव भट्टराई भोजपुरे र मकालु टेलिभिजनका पत्रकार रेवती निरौलालाई सम्मान गरेको हो।


कार्यक्रममा लायन्स ३२५ एवान डिष्ट्रिक गभर्नर लायन रेवतबहादुर कार्की, लायन्स क्लव अफ बाँसबारीका इमिडेट पास्ट प्रेसिडेन्ट तथा जोन चियर पर्सन मनिता दंगाल र वर्ष ०२२/०२३ का प्रेसिडेन्ट प्रकाश सिग्देलले दुवै जनालाई नगद र प्रशंशापत्र सहित सम्मान गरेको छ ।


कार्यक्रममा स्थानीय सावित्रा अधिकारी सिग्देलललाई पनि सम्मान गरिएको छ । सोही कार्यक्रममा लायन्स क्लव अफ बाँसबारीले यसै वर्ष स्थापना गरेका लायन्स क्लवअफ इटहरी बुद्ध, लायन्स क्लव अफ सलकपुर, लायन्स क्लव अफ मोरङ र लियो क्लव अफ बाँसबारीलाई चार्टर सर्टिफिकेट हस्तान्तरण तथा सदस्यहरुलाई पिन प्रदान गरिएको थियो।

नयाँ स्थापित भएका क्लवका सदस्यहरु र लायन्स क्लव अफ बाँसबारीका तीन वटा लायन्स क्लव र एउटा लियो क्लबबाट गरि जम्मा ८६ जनालाई पीन हस्तान्तरण गरि सदस्यता प्रदान गरिएको लायन्स क्लवअफबाँसबारीका सचिव प्रदीप विष्टले जानकारी दिए ।

सुन्दरहरैंचा नगरपालिका प्रमुख शिव प्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उप प्रमुख धनमाया तामाङ, सुन्दरहरैंचा वडा नम्बर ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, लायन्स क्लवका सेकेण्ड भाईस डिष्ट्रिक गर्भनर नरनाथ सापकोटा,लायन लोकेन्द्र ढकाल  लगायतको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.