Websoft University

ऐतिहासिक पाटीको पूर्ननिर्माण हुदै,


काठमाण्डौ भदौ ११ गते । रातो तारा डट कम, पाल्पाको रामपुर नगरपालिकामा ऐतिहासिक पाटीको पूर्ननिमार्ण सुरु भएको छ । रामपुर नगरपालिका वडा नम्वर ४ खोप्टारमा रहेको २ सय वर्ष पुरानो ऐतिहासिक पाटीको पूर्ननिमार्ण सुरु गरिएको हो । ऐतिहासिक सम्पदाको रुपमा रहेको पाटीको पुरातत्व विभाग मार्फत नेपाल सरकारको आर्थिक सहयोगमा पुरानै शैलिमा पूर्ननिमार्ण गर्न लागिएको हो । 

पाटी पूर्ननिमार्णको शिलान्यास गदै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नगर भित्रका सम्पदाहरुको संरक्षण र प्रवद्र्धनको लागि प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले धार्मिक पर्यटन सँग जोडिएको क्षेत्रको संरक्षणका लागि आवश्वक पहल गरिरहेको बताउदै ऐतिहासिक तथा धार्मिक सम्पदाबाट थप उर्जा प्राप्त हुने बताउनु भयो । 

तत्कालिन समयमा उक्त पाटिमा बटुवाहरुलाइ गाँसबासको व्यवस्था हुनुका साथै केलादि घाट नाका भएर बटौलि,भारत,पर्वत,बाग्लुङ,तनहुँ,स्याङ्जा र नवलपरासी सहित यस क्षेत्रका बटुवाहरुको लागि आश्रय प्रदान गर्ने ऐतिहासिक पाटीलाई २०७२ सालको भुकम्पले थप क्षति गरेको थियो । 

२०८० साल असार सम्म काम सम्पन्न हुने  लक्ष्मी नारायण गुठिका अध्यक्ष बुद्धिप्रकास रेग्मीले बताउनु भयो । पुननिर्माण हुने धार्मिक महत्व बोकेको पाटी करीव २ रोपनी क्षेत्रफलमा निमार्ण हुनेछ । रमा भण्डारी,रेडियो रामपुर,पाल्पा 

  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.