Websoft University

विस्फोटमा १३ अमेरिकी सुरक्षाकमी सहित ६० भन्दा बढीको मृत्यु


काठमाण्डौ भदौ ११ गते । रातो तारा डट कम,अन्तराष्ट्रिय समचार– अफगानिस्तानको काबुल विमानस्थलमा हिजो भएको दुई विस्फोटमा परी कम्तीमा ६० जना मानिसको मृत्यु भएको छ। विस्फोटमा अहिलेसम्म १३ अमेरिकी सुरक्षाकमी सहित ६० भन्दा बढीको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । 

अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी हिजो साँझ दुईवटा बम विस्फोटकाठमाण्डौ  गराइएको थियो । विस्फोटमा परि १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको मृत्यु भएको हो । तर अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनुभएको छ । 

राष्ट्रपति बाइडेनले अपराधीहरुलाई खोजेरै छाड्ने प्रतिवद्धता पनि जनाएको बिबिसीले उल्लेख गरेको छ । बहिर्गमन प्रक्रियालाई प्रभावित पार्ने गरी भएका यी मृत्यु हुनेमा बालबालिकाहरु पनि छन्।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.