Websoft University

हडकड महासघले गाउ गाउमा पुर्यायो अक्सिजन

 


धरान। रातो तारा डट कम,नेपालमा कोरोनाको कहर व्यापकरुपले वढि रहेको वेला नेपालका विकट दुर्गम गाउ तथा शहरका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरी हडकड नेपाली महासघले दोश्रो खेप पठाएको सय थान अक्सीजन कन्सन्टेटरहरु पनि पुर्वी नेपालीको विभिन्न जिल्लामा वितरण हुन थालेको छ । 

कोरोना सक्रमित गम्भिर विरामीहरुका लागी प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई वितरण गर्ने उद्धेश्यले महासघले पठाएको दोश्रो चरणको सय थान अक्सिजन कन्सन्टेटरहरु स्थानिय गैर सरकारी सस्थाहरु मार्फत पुर्वको  ईलाम, संखुवासभा, भोजपुर,तेहथुम  झापा सुनसरी मोरड लगायत  विभिन्न जिल्लाहरुमा पुर्याउने काम थालिएको छ । एउटा टोलीले लुम्विनीको विभिन्न स्वास्थ्य चौकीहरुमा वितरण भईरहेको  छ भने अर्को टोली शनिवार मात्र ईलामको फिक्कल स्थित पि एच सी र चाखेजुड स्वास्थ्य चौकीमा वितरण गरेकोछ । 

यसै गरी पाचथरको ओयाम स्वास्थ्य चौकि र अमरापुर स्वास्थ्य चौकिमा पनि हिजै अक्सिजन कन्सन्टेटरहरु वितरण भएको कुरा  हडकड नेपाली महासधका अध्यक्ष टंक रानाले वताए । सोमवार ने सो टोलीलेधनकुटाको हिले र डाडा वजारको प्राथमिक स्वास्थ्य चौकिमा एक एक थान अक्सिजन मेशिन वितरण गरीएको छ । अविरल वर्षाको मौसम भएकोले ज्यादै कठिनाई पुर्वक सो अक्सिजन कन्सन्टेटरहरु गाउ गाउ पुर्याईरहेको स्वयम सेवक युवराज ले वताए । उनी भन्छन धेरै ठाउमा त गाडि फसेर विग्रीए भोक भोकै वाटोमा वास वस्दै अक्सिजन सकुसल पुर्याएका छौ ।  

कोरोना सक्रमणको तेश्रो चरण प्रवेश गरी सक्दा पनि सरकार वाट प्रभावशाली उपकरणहरु उपलव्ध गराउन नसकेको अवस्थामा विदेशमा वस्ने एउटा सस्थाले आफनै गाउ घरमा ल्याएर अक्सिजन जस्तो मृत्युको मुखवाट फर्काउने सामान ल्याई दिएर हामी लाई हडकड नेपाली महासघले ठुलो गुन लगाएको कुरा तेहथुम स्थित लाली गुरास नगर पालिकाका नगर प्रमुख अर्जुन मावोहाडले खुसी व्यतm गरे । सोहि दिन कार्यक्रम सकेर ताप्लेजुडको मैवाखोला गाउपालिकाको साघु स्वास्थ्य चौकि र फक्तालुड गाृउपालिका स्थित सिवां स्वास्थ्य चौकिमा वितरण कार्य सम्पन्न गरी टोली आजै झापा फकिएको कुरा अध्यक्ष  राना ले जानकारी दिए । 

 यस अधि सय थान अक्सिजन कन्सन्टेटरहरु पश्चिमका दुर्गम गाउका स्वास्थ्य चौकिहरुमा महासध आफैले वितरण गरेको थियो । १० लिटर प्रतिमिनेट आफै अक्सिजन उत्पादन गर्न सक्ने अक्सिजन कन्सन्टेटर वितरण चाडो गर्न प्रत्येक प्रदेशका लागि दुवानी ट्रकको पनि व्यवस्था महासघ आफैले गरेको  अध्यक्ष राना ले  वताए । चीनको कुनमिन शहरवाट प्रति कन्सन्टेटर १ हजार १ सय ५० अमेरीकन डलरमा खरीद गरीएको सो अक्सिजन एउटैको तौल ३० केजी  रहेकोले एकै पटक कार्गो गर्न अप्ठयारो परेकोले दुई चरणमा नेपाल पठाउनु परेको कुरा अध्यक्ष रानाले वताए । 

महासघकी निवर्तमान अध्यक्ष समेत रहेकी हेल्प नेपाल फाईट कोभिड १९ कार्यक्रमकी सयोजक रीता गुरुडले नेपालमा कोरोनावाट सक्रमितको मृत्युदरमा सोचे जस्तो कमि  नआएकाले महासघले हडकड सरकार, नेपाली वाणिज्य दुतको कार्यालय र सोअर्स नामक एक गैर सरकारी सस्था वीच समन्वय गरेर  सो अक्सिजन दिने मेशिनहरु  नेपाल पठाएको हो । आफनो  मतृभूमीलाई अप्ठयारो परेको वेल अक्सिजन उपलव्ध गराउने हडकडको चिनिया  सामाजिक सस्था सोअसलाई धन्यवाद दिदै अर्को चरणमा १ लाख एन्टिजेन टेष्टिड किट पनि पठाउने तयारी भईरहेको गुरुडले वताईन ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.