Websoft University

ब्राउन सुगर सहित एक जना पक्राउ


झापा, श्रावण-२० गते । रातो तारा डट कम ,झापा गौरादह नगरपालिका १ गौरादह बजार स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ भने एक जना फरार रहेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३७ बर्षीय कृष्ण कुमार ताजपुरिया रहेका छन् । हिजो दिउसो ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे७ प ६७६७ नम्बरको मोटरसाईकल चालक रहेका ताजपुरियालाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको थियो । पक्राउ परेका ताजपुरियालाई सोधपुछ गर्दा मैले गौरादह २ का ३९ बर्षीय सुमन कुमार कार्कीबाट खरिद गरेको हो भनि जानकारी गराएका थिए । जानकारी पाए पश्चात तत्कालै प्रहरी टोली खटि गई कार्कीको घरकोठा भित्र लागूऔषध ब्राउन सुगर ३० ग्राम फेला पारेको छ । सुमन कुमार कार्की भने तत्काल फरार रहेकोले खोजतालस भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.