Websoft University

योगदान राष्ट्रका लागि सुन्दरहरैंचा नगर कार्यसमितिको अध्यक्षमा भोजराज रिजाल!


 शिव भट्टराई, मोोरङ भदौ ४ गते । रातो तारा डट कम,"योगदान राष्ट्रको लागि” नामक राष्ट्र ब्यापी सामाजिक संस्थाको आज बाँसबारीमा भएको एक कार्यक्रमका बिच सुन्दरहरैंचा नगर कार्यसमिति गठन भएको छ।


राधेश्याम सेवा ट्रष्ट, नयाँ वृन्दावन गौशालाका संरक्षक श्री १०८ महामन्डलेश्वर दिनबन्धु शास्त्री जि महाराजको प्रमुख आतिथ्यतामा र योगदान राष्ट्रका लागी मोरङका संयोजक संयोग ढकालको संयोजकत्वमा भएको कार्यक्रममा नगर समिति गठन गरिएको छ।


समितिको अध्यक्षमा भोजराज रिजाल, उपाध्यक्षमा पुजा गौतम, सचिवमा भेषराज आचार्य, सह-सचीवमा रामचन्द्र सुबेदि,

कोषाध्यक्षमा अप्सना कार्की, सदस्यमा बिक्रम सिंह गुरुङ,गोपाल बराइली, बिजय उप्रेती लगायत सर्वसम्मत चयन हुनुभएको छ।

दैवीप्रकोप, प्राथमिक उपचार सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्ने तथा सुबिधा सम्पन्न निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याउने यस संस्थाको प्रमुख उदेश्य रहेको कार्यक्रम संयोजक संयोग ढकालले बताएका छन्।त्यसैगरी ७७ वटै जिल्लामा सञ्चालित यस  संस्थाले अगाडिका दिनहरूमा पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र अझै यस कार्यलाई निरन्तरता दिने योगदान राष्ट्रका लागि अभियान मोरङका सचिव मदन भण्डारीले बताएका छन्।

त्यस्तै नवनिर्वाचित अध्यक्ष भोजराज रिजालले सुन्दरहरैंचा नगरसमितिको अध्यक्षमा चयन भएकोमा खुसि व्यक्त गर्दै यस संस्थालाई अगाडि बढाउन सक्दो प्रयास गर्ने बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.