Websoft University

अव इटहरीमा घरमै वसेर कर तिर्न सकिने,यसरी तिर्न सकिन्छ कर

 


सुनसरी इटहरी भदौ ४ गते । रातो तारा डट कम,  इटहरी उपमहानगरपालिकामा अव घरमै वसिवसि कर तिर्न सकिने भएको छ । मोवाइलवाटै सम्पति कर,ब्यवसायकर,वहालकर तिर्न सकिने भएको हो । विहान नगरप्रमुख द्धारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर करदाता पोर्टलको शुभारम्भ गर्नुभयो ।


घुँडाको अपरेसन गरेर घरमै स्वास्थ्यलाभ गरिरहनुभएकी उपप्रमुख लक्ष्मी गौतमले पनि आजै कर भुक्तानी गर्नुभएको छ । शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख चौधरीले इटहरी उपमहानगरपालिकालाई पेपरलेस वनाउने अवधारणा अन्र्तगत अनलाइन वाटै करतिर्ने सेवा सुरु गरिएको वताउनुभयो । उहाँले आफूहरुले चुनावी घोषणा पत्रको ७५ प्रतिशत कार्यावन्यन गरिसकेको दावी गर्नुभयो । निमित्त प्रमुख प्रशासकीय अघिकृत भोजकला दवाडीले घरवाटै करतिर्न पाउनु पनि विकासको एउटा महत्वपूर्ण खुटकिलो र पारदर्षिताको अंग रहेको वताउनुभयो । राजश्व प्रशासन शाखा प्रमुख नविन भटटराईले मोवाइलवाटै कति कर तिर्न छ भनेर हेर्न,लेखाजोखा गर्न र तिरीसकेपछि विल प्रिन्ट गर्न सकिने वताउनुभयो । करभुक्तानी गरि पछि सम्वन्धित ब्यक्तिको इमेलमा विल आउने छ । मोवाइलमा तत्काल जानकारी आउने छ ।

यसरी तिर्न सकिन्छ घरमै वसेर कर 

सवैभन्दा सुरुमा इटहरी उपमहानगरपालिकामा करदाताको रुपमा दर्ता हुनुपर्छ । दर्ता हुदाँ अनिवार्य रुपमा मोवाइल नम्वर र इमेल ठेगाना उपलब्ध गराउनुपर्छ ।त्यसपछि नगरपालिकाले करदाता संकेत उपलब्ध गराउछ ।इटहरी उपमहानगरपालिकाको वेवसाइट धधध।ष्तबजबचष्mगल।नयख।लउ मा जानुपर्छ ।त्यहाँ विद्युतीय शुसासन सेवामा क्लिक गरेपछि करदाता पोर्टल खुल्छ । नगरपालिकाले उपलब्ध गराएको संकेत प्रयोग गरेर आफूलाई त्यहाँ रजिष्टर गर्नुपर्छ । एसएमएस तथा इमेल भेरिफिकेसन पछि युजरनेभ र पासवर्ड प्राप्त हुन्छ ।त्यहि युजरनेम र पासवर्ड प्रयोग गरि संसारको कुनै पनि कुनावाट इसेवा वा खल्ति प्रयोग गरि कर तिर्न सकिन्छ । आफनो ब्यक्तिगत विवरण सम्पति विवरण,ब्यवसाय सम्वन्धि विवरण,वहालको विवरण,करतिर्नुपर्ने तथा तिरेको विवरण हेर्न सकिने छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.