Websoft University

आज क्वाँटी खाने दिन–रक्षाबन्धनमा कोरोनाका कारण यो पटक चहलपहल देखिएन


काठमाण्डौ भदौ ६ गते । रातो तारा डट कम, रक्षाबन्धनमा कोरोनाका कारण यो पटक चहलपहल देखिएन । रक्षावन्धन तथा जनै पूर्णिमा पर्व देशभर मनाउदै आएको भए पनि बिगतको तुलनामा कोभिड १९ को माहामारिका कारणले गर्दा, यो वर्ष आज मठ मन्दिर पोखरी नदी र मनाइ बिगतका ठाउहरुमा खासै चहलपहल देखिएन  । 

आज जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा रहेको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै पुरोहितले दाहिने नाडीमा बाँधिदिने परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा.रामचन्द्र गौतमले जानकारी दिनुभयो । 

आज पशुपतिनाथ मूल मन्दिरलगायत देशभरका महत्वपूर्ण मन्दिर भक्तजनका लागि बन्द गरिएको छ । तर मन्दिरमा बाहिरबाट दर्शन गर्ने भक्तजनहरूको भने सामान्य मानिसहरुको जमघट देखिएको छ । नेपालको तराई क्षेत्रमा पनि सिमित पारिएकोछ । आजको दिनलाई दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर आफनै परिवार भित्रमात्र मनाइदैछ । 

यसबाट दिदीबहिनी र दाजुभाईकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता भएपनि कोरोना रोगकै कारण पर्व मनाउनेहरुको संख्यामा कमि आएको यो पटक पाइएको छ । आजकै दिन क्वाँटी खाने प्रचलन पनि रहेको छ । जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । 

यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.