Websoft University

कोरोना संक्रमितलाई मनोवल प्रदान गर्न मेयर चोैधरी स्वास्थ्यकर्मीको लिएर बिरामीको घर घरमा पुग्दै ,


सुनसरी इटहरी भदौ ६ गते । रातो तारा डट कम,  कोरोना संक्रमितलाई मनोवल प्रदान गर्न इटहरीउपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोली सहित संक्रमितको घरैमा पुग्नुभएको छ । स्वास्थ्यकर्मीको टोली सहित नगरप्रमुख चौधरी संक्रमित भएर घरैमा स्वास्थ्यलाभ गरिरहेका जनप्रतिनिधि र सर्वसाधारण नागरिकका घरैमा पुग्नुभएको हो । इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज रामकुमार धमलाको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य अवस्थाको जानकारी लिएर आवश्यक औषधी,सल्लाह सुझाव दिएको छ ।कोरोना संक्रमित इटहरी उपमहानगरपालिका इटहरी १४ का सदस्य दुखीलाल चौधरी,इटहरी ५ का सदस्यद्वय ईश्वर बिक्रम शाह, सन्तोष पराजुलीका घरैमा पुगेर परामर्श दिइएको हो । यस्तै इटहरी ९ कपिल घिमिरे, इटहरी ५ ज्योति माविका पुर्ब प्र.अ.भैरब सापकोटा र इटहरी ६ का गणेश गुरुङको घरमा पुगि प्रमुख चौधरीले  उच्च मनोबलका साथ कोरोनालाई परास्त गर्न हौसला प्रदान गर्नुभयो । भेटघाट कार्यक्रममा नेकपा एमाले नगर इन्चार्ज बनुलाल चौधरी, अध्यक्ष याम कुमार सुब्बा पनि सहभागि हुनुहुन्थ्यो । यसअघिपनि इटहरीका नगरप्रमुख चौधरी संक्रमितलाई भेटन घरैमा पुग्नुभएको थियो । इटहरी वडा नम्वर १३, १६ र १७ का छ वटा घरमा पुगेर मनोवल उच्च राख्न सल्लाह दिनुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.