Websoft University

पूर्वानुमान महाशाखाका अनुसार भोलिबाट मौसम सकृय हुने


काठमाण्डौ साउन २७ गते । रातो तारा डट कम, मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि ठूलो पानी पर्ने सम्भावना रहेको बताएको छ । मनसुनी न्यूनचापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले भोलिदेखि ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

मौसमविद् सजिना शाक्यका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारि वर्षाको सम्भावना छ । 

यस्तै राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । भोलि दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुँदा देशका अधिकाँश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

पानी पर्ने क्रम बढेसँगै बाढी, पहिरो र डुबानको जोखिम पनि बढ्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.