Websoft University

माइकमा करेन्ट प्रावह हुँदा २ जनाको मृत्यु


काठमाण्डौ साउन २७ गते । रातो तारा डट कम,धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ३ का ५४ वर्षका विन्दा दास र ५० वर्षका मनिराम यादव रहेका छन् । क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सामा हिजो साँझ ६ बजेतिर करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको ईलाका प्रहरीले जनाएको छ । क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा टोल निवासी बुलन यादवको घरमा भइरहेको भजनकिर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर सिकिस्त भएका दुबैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याउदा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.