Websoft University

लायन्स दिवसमा ज्येष्ठ नागरिकलाई फलफूल वितरण

 


विराटनगर साउन २६ गते । रातो तारा डट कम, नेपालमा लायन्स स्थापना भएको अवसर पारेर लायन्स क्लब विराटनगर इनोभेटिभले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा फूलफूल वितरण गरेको छ । 

नेपालमा लायन्स क्लबको स्थापना भएको दिनलाई लायन्स डे को रूपमा मनाउँदै इनोभेटिभले फूलफूलसहित अन्य खाद्य सामग्री वितरण गरेको हो । कार्यक्रममा दीप प्रज्वलित गरी आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई  बिस्कुट, जुस र फलफूल वितरण गरिए क्लबले जनाएको छ । 

कार्यक्रममा क्लबकी अध्यक्ष रीता पोखरेल रेग्मी, सम्मृद्धि नेपालकी अध्यक्ष माया ओझालगायतले ज्येष्ठ नागरिकलाई फलफूल वितरण गर्नुभएको थियो । लायन्स दिवसका अवसरमा अन्य क्लबहरुले पनि विभिन्न सामाजिक कार्य गरिरहेका छन् । पूर्वप्रधानमन्त्री मात्रृकाप्रसाद कोइरालाले अगस्त ९ का दिन नेपालमा लायन्स क्लब स्थापना गर्नु भएको थियो । अन्तर्राष्ट्रिय संञ्जाल भएको यो परोपकारी सामाजिक संस्था हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.