Websoft University

विवाद मिलाउन एमालेको बैठक अव बस्ने

 


काठमाण्डौ भदौ ८ गते । रातो तारा डट कम, पार्टीमा देखिँदै आएको विवाद समाधानका बारेमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । 

बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बस्ने तय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले एमाले विवाद समाधान गर्न गठिन कार्यदलमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न प्रक्रिया अघि बढाउने, दल विभाजन नगर्न अनुरोध गर्ने र केन्द्रीय कमिटी बैठकको मिति तोकिने सम्भावना छ । 

माधवकुमार नेपालसहितका नेताहरु पार्टीबाट अलग्गिएर नयाँ पार्टी गठनको प्रक्रियामा गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो धारका नेताहरुसँग सहमति गर्ने बारेमा नरम देखिनुभएको छ । हिजो एकता पक्षधर नेताहरूबीचमा भएको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्नेबारेमा सैद्धान्तिक सहमति भएको छ । १० बुँदे अनुसार पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव इश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ । 

१० बुँदे अनुसार २०७५ साल जेठ २ गते कायम भएका नेकपा एमालेका केन्द्रदेखि प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ, वडा, टोल सम्मका सम्पूर्ण कमिटी क्रियाशील हुने छन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.