Websoft University

फरक लक्षण भएका बिरामी अस्पताल आउनेक्रम बढेपछि सबैलाई सावधान रहन चिकित्सकहरूको सुझाव

 


काठमाण्डौ भदौ ८ गते । रातो तारा डट कम, नेपालमा कोरोना भाइरसको तेस्रो लहर देखिएको वा नदेखिएको भन्ने बारेमा अध्ययन नभए पनि दोस्रो लहरको भन्दा केही फरक लक्षण भएका बिरामी अस्पताल आउनेक्रम बढेको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार अस्पताल भर्ना हुने कोरोना सङ्क्रमितको दर बितेको २ हप्तामा बढे पनि मृत्युदर कम छ भने कोरोनामुक्त हुने समयावधि पनि छोटो हुने गरेको छ । सीआईएनसँग कुराकानी गर्दै सशस्त्र प्रहरी अस्पताल बलम्बुका डा. रोशन कुमार झाले कोरोना सङ्क्रमण भए पनि जाँच गर्दा नदेखिने अर्थात फल्स नेगेटिभ पछिल्लो समयमा बढेको बताउनुभयो । डा. झाका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण भएमा केही दिन बिरामी परिवारका सदस्यबाट एक्लिएमा कोरोना सङ्क्रमण भए पनि अरुलाई सार्ने सम्भावना कम हुन्छ भने चिकित्सकसँग नियमित परामर्श लिनुपर्छ । भाइरल ज्वरो, मौसमी रुघाखोकीको समय अहिले भए पनि पखाला लाग्ने, जिउ दुख्ने, अक्सिजनको मात्रा कम हुने भएमा कोरोनाको सङ्क्रमण भएको हुनसक्ने भएकाले सावधानी अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.