Websoft University

उपमेयर पराजुली सम्मानित

 

बेलबारी भदौ ८ गते । रातो तारा डट कम,बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुली अमेरिकामा सम्मानित भएकी छन्।अमेरिकाको भर्जिनिया राज्यमा आयोजित एक कार्यक्रममा पराजुलीले नेपाली कला,साहित्य,संगीत र सिर्जनाका क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै उक्त कार्यको प्रशंसा र कदर गर्दैअन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका(इनास)द्वारा उनी सम्मानित भएकी हुन्।

 विदेशी भूमिमा रहेर नेपाली भाषा र कलाकारिताको विकास प्रवर्द्धनका निम्ति क्रियाशील कलाकारहरुको संस्था 

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका(इनास)को अमेरिका स्थित विभिन्न राज्यहरुका कमिटीहरुको मनोनयन,सपथ ग्रहण एवम् सांस्कृतिक सांगीतिक कार्यक्रमका बीच उक्त सम्मान कार्यक्रम भएको सस्थाका अध्यक्ष आनन्दु लामाले बताए।

 कार्यक्रमकी प्रमुख अतिथि कलाकार साबु गदाल कार्कीले कला क्षेत्रको विकास र उन्नयनका लागि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका(इनास)को सक्रियता र भूमिका उल्लेखनीय रहेकोले अझ सक्रिय भएर अघि बढ्नुपर्ने बताउँदै सम्मानित सबैलाई बधाई ज्ञापन गरिन्।

 अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका(इनास)द्वारा सम्मानित हुन पाएकोमा अत्यन्तै गर्वबोध भएको साथै

बाध्यताले विदेशी भूमिमा रहेका नेपाली कलाकारहरुको सक्रियता र गतिशीलताले नेपाली भाषाको र कला क्षेत्रको विकासमा ठूलो सहयोग पुगेको साहित्यकार एवम् उपमेयर पराजुलीले बताइन्।कार्यक्रममा विभिन्न क्षेत्रमा उदाहरणीय कार्य गर्ने साधकहरुलाई सम्मान गरिएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.