Websoft University

हत्यामा संलग्न ४ जना पक्राउ

 


बिराटनगर भदौ  ७ गते । रातो तारा डट कम, मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा नं।(६ भण्डारी टोल बस्ने बर्ष ३३ को रविन तामाङ र निजकी श्रीमतीसँग पारिवारिक वादविवादमा छिमेकीहरू मिलाउन जाँदा मिक्लाजुङ्ग गाउँपालिका वडा नं।(६ भण्डारी टोल बस्ने बर्ष ४५ को धनराज लिम्बु र ऐऐ बस्ने बर्ष ५५ को दुर्गा बहादुर कार्कीलाई निम्न ब्यक्तिहरूले लाठीले टाउकोमा प्रहार गरी घाईते बनाई तत्काल स्थानिय अस्पतालमा उपचार पश्चात थप उपचारको लागि विराटनगर महानगरपालिका वडा नं।(२ स्थितमा रहेको विराटनगर अस्पताल ल्याईएकोमा उपचारको क्रममा मिक्लाजुङ्ग गाउँपालिका वडा नं।(६ भण्डारी टोल बस्ने बर्ष ४५ को धनराज लिम्बुको मिति २०७८।०५।०५ गते अन्दाजी २३स्४५ बजे मृत्यू भएको । अन्य घाईते ऐ। बस्ने बर्ष ५५ दुर्गा वहादुर कार्की स्थानिय साझा अस्पताल मिक्लाजुङमा उपचार पश्चात घर फर्की सामान्य अवस्था रहेको ।

उक्त वारदातमा संलग्न निम्न ब्यक्तिहरूलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा दिन ८ ९आठ० म्याद थप गरी थप अनुसन्धान कार्यभई रहेको । निम्न

 जिल्ला मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा नं.६ भण्डारी टोल बस्ने बर्ष ३३ को रविन तामाङ 

 ऐऐ बस्ने बर्ष २५ को संजय तामाङ 

 ऐऐ बस्ने बर्ष ३० को आईतराज तामाङ 

 ऐऐ बस्ने बर्ष ४० को भाग्य बम्जन 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.