Websoft University

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको आपत्ति–महाधिवेशन सार्ने भयो

 


काठमाण्डौ साउन २५ गते । रातो तारा डट कम, पार्टीको आसन्न महाधिवेशनको मिति फेरि सार्न लागिएको भन्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्नुभएको छ । 

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार सार्वजनिक गर्दै पौडेलले पार्टी सभापति देउवाको नाम उल्लेख नगरी सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुगेको टिप्पणी गर्नुभएको हो । 

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष  थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पु¥याइएको छ । 

यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्बाही अरु के हुन्छ ? यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्ति वारम्बार सत्ता समाल्न पुग्छन् ।’ पौडेलले लेख्नुभएको छ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.