Websoft University

नेकपा एमालेले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने– बैठकमा एकताको कुरा नगर्न नेपालको माग

 


काठमाण्डौ साउन २५ गते । रातो तारा डट कम,महाधिवेशन केन्द्रित छलफलका लागि नेकपा एमालेले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आजका लागि बोलाएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटी बैठक बिहान ११ बजे र दिउँसो ३ बजे केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । 

बिहान बस्ने स्थायी कमिटीको बैठकले दिउँसोको केन्द्रीय कमिटीको बैठकका लागि एजेण्डा तय गर्ने सचिव तामाङले जानकारी दिनुभयो । दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको छ । 

आजको केन्द्रीय कमिटीको बैठकले वडा र स्थानीय तहको अधिवेशन गर्नेबारे निर्णय गर्ने सचिव तामाङले जानकारी दिनुभयो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने पार्टी एकताका लागि कुनै पनि निर्णय गर्नेगरी बैठक नराख्न माग गर्दै आएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.