Websoft University

वीर अस्पतालमा विरामीको घँुइचौ सबै उपचार सेवा सुरु


काठमाण्डौ साउन २५ गते । रातो तारा डट कम,कोरोना महामारीको क्रममा कोभिड विशेष अस्पताल बनेको वीर अस्पतालमा कोरोना बाहेक अन्य रोगहरुको उपचार फेरिः सुरु भएकोछ ।


नेपालको सबैभन्दा पुरानो तथा विपन्न नागरिकको उपचार गर्ने अस्पताल भनेर चिनिएको वीर अस्पतालमा आज भोलि फेरि विरामीको घँुइचो लाग्न थालेको पाइएको छ । वीर अस्पतालमा कोरोना महामारी सुरु हुनु अघिसम्म सबै रोगको उपचार हुने गरेकोमा कोरोना महामारीको पहिलो र दोस्रो लहर उच्च बिन्दुमा पुगेपछि कोरोना बाहेकका उपचार सेवा बन्द गरिएको थियो । 

कोरोना महामारीभन्दा पहिलेसम्म अस्पतालमा देशभरबाट गरी दैनिक एक हजारदेखि १५ सयको सङ्ख्यामा विरामीहरु आउने गरेकामा अहिले पनि दैनिक झण्डै ५ सयको सङ्ख्यामा विरामीहरु आईरहेका छन् । 

अस्पतालमा भीड व्यवस्थापन चुनौतिपूर्ण देखिन्छ । वीर अस्पतालका निर्देशक डा.भुपेन्द्र बस्नेतले नागरिक आफै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले कोरोना सङ्क्रमण न्यूनिकरण गर्ने जिम्मेवारी सरकारको मात्रै नभएकाले प्रत्यक नागरिकले स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने बताउनुभएको छ । 

सरकारी अस्पताल र निःशुल्क उपचार तथा सहुलियत सेवा पाउने भएकाले वीर अस्पतालमा भीडभाड बढेको बताइएको छ । अस्पतालले भीड व्यवस्थापन गर्न नसक्दा सेवामा ढिलासुस्ती साथै विरामी र उनिहरुका आफन्तलाई कोरोना लगायत विभिन्न सरुवा रोगको सर्ने डर समेत बढेको पाईको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.