Websoft University

पौडी खेल्ने क्रममा बेपत्ता

 


मोहन कुमार राई- २०७८ साउन २५ गते । रातो तारा डट कम, संखुवासभा, संखुवाखोलामा पौडी खेल्ने क्रममा सन्देश राई खोलाले वगाएर वेपत्ता भएका छन् ।  

सिलिचोङ गाउपालिका वडा नं. १ सक्तिमटार वस्ने आफ्ना दाजु सुरज राइको घरमा वस्दै आएका सन्देश राई पौडी खेल्ने क्रममा खोलाले वगाएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

वेपत्ता राई जिल्ला भोजपुर साल्पासिलिछो गाउँपालिका वडा नं. १ बुम्लिङ वस्ने दुर्गा बहादुर राईको छोरा १७ वर्षे सन्देस राई केहि दिन अघिदेखि आफ्नो दाइको घरमा वस्दै आएका थिए ।  नजिकैको प्रहरी चौकी सिसुवाटार, संखुवासभाका प्रहरी टोलीले खोजतलासको क्रममा खोलाको डिलमा निजले लगाएको कपडामात्र फेला परेको थियो । आफन्त र प्रहरी टोलीले वेपत्ता राईको खोजी भएपनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.