Websoft University


श्याम राई÷उदयपुर  गाईघाट, ६ साउन । रातो तारा डट कम, त्रियुगा नगरपालिका–८ का ६५ वर्षिय महिकर चौधरीको घाटीमा खुकुरी प्रहारगरि हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा त्रियुगा नपा.–१३ पोर्ताहाका ४५ वर्षिय मेमोरी भन्ने किसन सदा पक्राऊ परेकाछन् । हत्या आरोपित सदा विगत दुई वर्षदेखि देऊरी उत्राई टोल छेउछाऊमा मजदुरी गरेर बस्दै आएका छन् । उनी तिन दिनदेखि मृतकको घरमा बसेर काम गर्दै आएका थिए ।

मंगलबार राती चौधरी र सदाबीच सामान्य विवादभएको थियो । दुवै जना खाना खाएर सुतेका थिए ।

बुधबार विहान अवेर सम्म नउठेपछि परिवारका सदस्यले कोठामा गएर हेर्दा चौधरीको शब हत्या गरिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शब भेटिएको कोठामै हत्या गर्न प्रयोग गरिएको खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

चौधरीको मंगलबार राती नै हत्या गरिएको आशंका प्रहरीले गरेको छ । सदालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी सूचना अधिकारी वेद प्रसाद गौतमले बताए ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.