Websoft University

संघीय राजनीतिको असर प्रदेशहरुमा पनि देखिन थाल्यो


काठमाण्डौ साउन ६ गते । रातो तारा डट कम,केन्द्र सरकार परिवर्तन भएसँगै प्रदेश सरकारमा पनि त्यसको असर देखिएको छ । प्रदेशमा नेकपा एमाले नेतृत्वमा रहेको सरकार टिकाउन समस्या हुने देखिएको छ । बिशेष गरि बाग्मती प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सत्ता समिकरण फेरिने संकेत देखिएको छ । 

बाग्मतीका मुख्यमन्त्री डोरमणी पौडेलले यस बारेमा छलफल थालिसक्नु भएको छ । सत्ता पक्षका सांसदहरुले पनि अब आफ्नै नेतृत्वमा सरकार बनाउने गरि पहल सुरु गरेका छन् । लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ मा पनि सत्ता पक्षका सांसदहरुको छलफल सुरु भएको छ । अन्य प्रदेशमा भने तत्काल सरकार परिवर्तन हुने संभावना कम छ । 

केन्द्रमा आगामी चुनाबसम्मको लागि सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री शेर बहादुर देउवाको लागि पनि उत्तिकै चुनौति रहेको छ । आक्रामक रहेको प्रतिपक्षि दल नेकपा एमालेको सामना, प्रधानमन्त्री बन्नको साथ दिएका माओवादी, एमाले भित्रकै एक धारलाई चित्त बुझाउनु र जनता समाजवादी पार्टी जसपाले गरेको माग सम्बोधन गर्ने बिषय प्रधानमन्त्री देउवाको लागि चुनौतिपूर्ण रहेको छ । 

कोरोना भाइरसको महामारी नियन्त्रण देखि राजनितिक सम्मका विषय चुनौतीपूर्ण रहेको विश्लेषकहरुको भनाइ  छ । सीआईएनसँग कुरा गर्दै राजनितिक विश्लेषक जैनेन्द्र जीवनले संसद बचाउन सके पनि राजनितिक दलहरु सत्ता स्वार्थ भन्दा माथि उठ्न नसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारलाई  आगामी यात्रा सहज भने नभएको बताउनुभयो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.