Websoft University

वाइड रेन्ज कन्सल्टेन्सीले भारतमाउच्च शिक्षा हासिल गर्ने उदेश्यले जान चाहने बिध्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै

 


काठमाडौ । रातो तारा डट कम, भारतका उत्कृष्ट बिश्वबिद्यालय, कलेज र इष्टीच्यूटहरूमा उच्च शिक्षा हासिल गर्ने उदेश्यले जान चाहने बिध्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको वाइड रेन्ज कन्सल्टेन्सीले बिध्यार्थी हरूलाई मेरीटको आधारमा भारतीय दुतावासले प्रदान गर्ने सतप्रतिशत छात्रवृतिको बारेमा जानकारी गराइरहेको छ।

वाइड रेन्ज कन्सल्टेन्सीले भारतका उत्कृष्ट बिश्वबिद्यालय, कलेज र इष्टीच्यूटमा आफै गएर त्यस शैक्षिक संस्थामा रहेको पुर्वाधार, शिक्षाको गुणस्तर, अन्तर्राष्ट्रिय बिध्यार्थीहरू अनुभव र छात्रवृतिका बारेमा जानकारी प्राप्त गरी बिध्यार्थी र अभिभावकहरूलाई सत्य तथ्य जानकारी गराउदै आएको छ। हाल शैक्षिक सत्र २०२१-२२ को लागि भर्ना प्रकृया अगाडि बढाउने समयमा वाइड रेन्ज कन्सल्टेन्सीले यो स्टडी इन इन्डिया स्कलरसिप इन्फर्मेसन सेसन एण्ड प्रेस मिटको आयोजना गरेको हो। कम्पेक्स स्कलरसिप के होरु भारतीय दुतावास काठमाडौं ले प्रतेक बर्ष मेधावी र मेहनती बिध्यार्थी हरू लाई मेरीटको आधारमा सतप्रतिशत छात्रवृतिमा भारतका उत्कृष्ट बिश्वबिद्यालय र कलेजमा पढ्नको लागि पुर्ण छात्रवृति कम्पेक्स स्कलरसिप २०२१ मार्फत प्रदान गर्दै गर्दै आएको छ। अगस्ट चार तारिख सम्म आबेदन दिने अन्तीम मिति रहेको यस छात्रवृतिमा अन्डरग्याजुएट प्रोग्राम चलाउदै आएको छ।  शैक्षिक सत्र २०२१-२२ का लागि बिध्यार्थीहरूले आबेदन दिने ब्यबस्था गरिएको छ। यस बर्ष कोरोनाको महामारीका कारण यो कम्पेक्स स्कलरसिप टेस्ट कम्पुटर वेसमा अगस्टको चौंथो साता परिक्षा लिइने भएको छ। कक्षा १२ पास गरेका र परीक्षा दिएका दुबै बर्गका बिध्यार्थीले यो स्कलरसिप टेस्ट दिन मील्ने भारतीय दुतावास द्वारा निस्कासित छात्रवृति फारम भर्ने तरिकामा उल्लेख गरिएको छ। कक्षा १२ मा ६०५ प्राप्ताङ्क ल्याएका बिध्यार्थीहरूले यो छात्रबृती दाबि गर्न सक्ने छन्। छात्रवृति सम्बन्धी सम्पूर्ण जानकारी भारतीय दुतावासको वेबसाइटमा राखिएको छ। कम्पेक्स स्कलरसिप प्रदान गर्ने भारतको उडिसामा अबस्थित कालिङ्गा इष्टीच्यूट अफ इन्डस्टियल टेक्नोलोजी किट युनिभर्सिटी लाई वाइड रेन्ज कन्सल्टेन्सीले नेपालमा प्रबर्धन गर्दैआएको छ। किट युनिभर्सिटी सन् १९९२मा स्थापित यस शैक्षिक संस्था बिकसित हुँदै हाल भारतकै ःज्च्म् र्याङकिङमा नम्वर वान प्राइभेट युनिभर्सिटी, ल्क्ष्च्ँ र्याङकिङमा २४ औ स्थानमा पर्न सफल भएको छ भने ल्द्यब् टायर वान र ल्ब्ब्ऋ ब् ग्रेड लगायतका थुप्रै रेटीङ र्याङकिङ हात पार्न सफल भएको छ। तिस हजार आदिबासी जनजाति किशोर किशोरी हरूलाई निशुल्क शिक्षा प्रदान गराउन सफल किस प्रोजेक्ट का अध्यक्ष तथा किट युनिभर्सिटी का चेयरम्यान अचुत सामन्तको दुरदर्शी विचारधारात्मक संघर्ष कै कारण किट युनिभर्सिटी आज अन्तर्राष्ट्रिय बिध्यार्थी, बिश्वबिद्यालय र इन्डस्ट्री जगतमा प्रसिद्ध बन्दै गइरहेको छ। कम्पेक्स स्कलरसिपमा बिध्यार्थी भर्ना गरिरहेको र वाइड रेन्ज कन्सल्टेन्सीले नेपालमा प्रबर्धन गर्दै आएको अर्को शैक्षिक संस्था हो। बि एम यस कलेज अफ इञ्जिनिएरिङ्। सन् १९४६ मा स्थापना भएको बि एम यस कलेज अफ इञ्जिनिएरिङ् भारतकै गार्डेन सिटी बेङ्गलोरकै मुटु बुल टेम्पल रोडमा अबस्थित रहेको छ। यस शैक्षिक संस्थाले साढे सात दशकको निरन्तरको यात्रा संगै ४०००० बिध्यार्थी हरू लाई उच्च पेशागत शीप, दक्षता सहितको बिश्व भरि मान्यता प्राप्त शैक्षिक प्रमाणपत्र मात्र दिलाएन, संसारको जुनसुकै कुनामा पुगे पनि सफल इन्जिनियर र इन्डस्टियल लीडरको रूपमा स्थापित गराउन सफल भएको छ। शिक्षण पद्दतीमा इन्डस्टियल एक्स्पोजर र अन्तर्राष्ट्रिय बिश्वबिद्यालयसंगको सहकार्यले बि एम यस कलेज अफ इञ्जिनिएरिङ्को शाख अझ मर्यादित र गौरबशाली बनाएको छ। अनुसन्धानमा बि एम यस कलेज अफ इञ्जिनिएरिङ्को पि एच डी प्रोग्राम भारतमै उत्कृष्ट रहेको छ। नेशनल एसेस्मेन्ट एण्ड एकृडीएसन काउन्सिल ल्ब्ब्ऋ ब्ंं एकृडीएटेड, नेशनल बोर्ड अफ एकृडीएसन ल्द्यब् एकृडीएटेड, भिवेश्वरा टेक्नीकल युनिभर्सिटी एफिलीएटेड, अल इन्डिया काउन्सिल फर टेक्नीकल एजुकेशन ब्क्ष्ऋत्भ् अप्रुभड, नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको लगायतका थुप्रै सर्टीफीकेसन र बल्ड बैंकको लगानी भयका परियोजना समेत यस शैक्षिक संस्थाले आफु संलग्न रहेर पुरा गरीसकेको हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिध्यार्थी, अभिभावक र शैक्षिक संस्थाहरुले बिश्वास गरेका छन्। बिध्यार्थी हरू लाई भारतको सबै क्षेत्रका शैक्षिक संस्था हरुको अबसर मिलोस् भन्ने हेतुले वाइड रेन्ज कन्सल्टेन्सीले हरियाणा, अम्बालामा अबस्थित महर्षि मारकन्डेश्वर युनिभर्सिटीलाई कम्पेक्स स्कलरसिप स्कीम अन्तरगत नेपालमा प्रबर्धन गरेको छ। सन् १९९३मा स्थापना भएको यस शैक्षिक संस्था ल्ब्ब्ऋ ब् एकृडीएटेड युनिभर्सिटी हो। ११ वटा छुट्टाछुट्टै क्याम्पस सहित उच्च पुर्वाधारका बिच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्याकल्टी हरू द्वारा बिश्व भर मान्यता प्राप्त शैक्षिक कार्यक्रम हरू सञ्चालन गर्न महर्षि मारकन्डेश्वर युनिभर्सिटी सफल भएको छ। महर्षि मारकन्डेश्वर युनिभर्सिटीको नेपालको अथोराइज एड्मिसन अफिस वाइड रेन्ज कन्सल्टेन्सी रहेको सस्थाका मेनेजिङ डाइरेक्टर सुदिप नायक बताउनु हुन्छ। कम्पेक्स स्कलरसिप तथा अन्य थुप्रै छात्रवृतिको बारेमा जानकारी गराउँदै आएको वाइड रेन्ज कन्सल्टेन्सी भारतीय शिक्षाको लागि वान स्टप सोलुसन रहेको सस्थाको दावि छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.