Websoft University

नेपाली खेलाडी ओलम्पिकमा भागलिन जापान जाने


काठमाण्डौ साउन १ गते । रातो तारा डट कम, टोकियो ओलम्पिकमा सहभागी हुन नेपाली टोली आज जापान जान लागेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालको नेतृत्वमा १० सदस्यीय टोली आज जापान जान लागेको हो । सचिव सिलवालको नेतृत्वमा जापान जाने टोलीमा दुई खेलाडी, प्रशिक्षक र पदाधिकारी रहेका छन् । दुई खेलाडीमा जुडोका सोनिया भट्ट र सुटिङका कल्पना परियार रहनुभएको छ । जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ र सुटिङका प्रशिक्षक असिम यादव पनि टोलीमा सहभागी हुनुहुन्छ । यसैबिच ओलम्पिकमा सहभागी हुन जापान जान लागेको टोलीलाई हिजो राष्ट्रपति विद्यादेवि भण्डारीले बिदाई गर्नुभएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.