Websoft University

ब्राउनसुगर सहित ३ जना मानिस पक्राउ

 


काठमाडौ साउन १ गते । रातो तारा डट कम, कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं २ बर्दहवा स्थित सडकमा सवारी साधन तथा मानिसहरु चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ आईरेहेको  ३ (तिन) जना चढेको   UP 55 B 9436 नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा सो मोटरसाईकलमा सवार निम्न वतन भएका राकेश गुप्ता, निज राकेशकै श्रीमती प्रभावती गुप्ता, बैजु कुमार गुप्तालाई शंका लागी चेकजाँच गर्दा सोही मोटरसाईकलको पछाडी सवार निज राकेशको श्रीमती प्रभावती गुप्ताले आफ्नो ब्लाउजबाट कालो रङको प्लाष्टिकको पोका निकाली श्रीमानलाई दिन लागेको अवस्थामा प्रभावती गुप्ताको हातबाट कालो रङको प्लाष्टिकको पोका फेला पारी नियन्त्रणमा तौल गर्दा २९ ग्राम ७९० मिलि ग्राम छाम्दा गिलो  हेर्दा  लागुऔषध ब्राउन सुगर जस्तो देखिने लागु पदार्थ, AVET10 लेखेको १० ट्याव्लेट १२४ क्याप्सुल फेला पारी बरामद गरी निजहरु चढी आएको UP 55 B 9436 मोटरसाईकल र ३ जना मानिसहरुलाई नियन्त्रणमा लिई  थप अनुसन्धान भैरहेको छ । 

निम्नस..

जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं १ नयाँटोल बस्ने वर्ष अं २७ को राकेश गुप्ता ।

 ऐ।ऐ बस्ने वर्ष २४ की निज राकेस गुप्ताकी श्रीमती प्रभावती गुप्ता ।

ऐ ऐ बस्ने निज राकेश गुप्ताको भाई र प्रभावती गुप्ताको देवर  वर्ष अं २२ को बैजु कुमार गुप्ता ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.