Websoft University

आज मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना


काठमाण्डौ साउन १ गते । रातो तारा डट कम,सबै प्रदेशमा मनसुनी वायुको प्रभाव पर्ने भएको छ ।  प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम  वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि  देशभर मौसममा  सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि मध्यमदेखि भारी वर्षाको सम्भावना छ । प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूर–पश्चिम प्रदेशका थोरै  स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.