Websoft University

आजबाट साउन लाग्यो है,सुर्य कर्कट रासीमा प्रवेश,अव किसानलाई भने खेतीको चटारो


काठमाण्डौ साउन १ गते । रातो तारा डट कम, आज साउने सङक्रान्ति, देशभर स्नान, दान गरेर  मनाइँदैछ । सूर्यले मिथुन राशीको भोग पूरा गरी कर्कट राशीमा प्रवेश गर्ने पहिलो दिन भएको हुनाले आज देशभर साउने सङ्क्रान्तिलाई विशेष रुपमा मनाउने गरिन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ । आजको दिनमा हिलो मैलोका कारण लाग्ने छालासम्बन्धी रोग ठीक गर्न भन्दै लुतो फाल्ने परम्परा पनि छ । परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमासमेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने परम्परा छ । यसलाई लुतो फाल्ने भनिन्छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.