Websoft University

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै


काठमाण्डौ साउन १ गते । रातो तारा डट कम,नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्नुहुने भएको छ ।  देउवाको सचिवालयका अनुसार बिहान ९ः५७ बजे बालुवाटार सर्ने तयारी भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेर दिएको परमादेशसँगै काँग्रेस सभापति देउवा गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गत बुधबार बालुवाटारस्थित सरकारी निवासबाट बालकोट सर्नुभएको थियो । आज बस्ने भनिएको काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक भने अनिश्चित बनेको छ । प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक बस्ने वा नबस्ने भन्ने बारेमा टुङ्गो नलागेको बताइएको छ् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.